| बिहिबार, असार १०, २०८३

चौथो गैराकप फुटबल प्रतियोगिता सुरु

दरौंदी ः बडादशैंको उपलक्ष्यमा गोरखाको सिरानचोक गाउँपालिका ६ गाखुँमा हिमाली तमु युवा क्लवले आयोजना गरेको चौथो गैराकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको एक समारोहका बीच प्रदेश सांसद प्रकासचन्द्र दवाडीले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा सांसद दवाडीले खेलले युवालाई अनुशासन कायम राख्न मद्धत पु¥याउने बताए । कार्यक्रममा सिरानचोक गाउँपालिका ६ का वडा अध्यक्ष नारायण दानी, हिमाली माविका प्रधानाध्यापक वुद्धिमान गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । प्रतियोगितामा ३८ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपियाँ नगद, टूफी, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले २५ हजार मेडल र प्रमाणपत्र र सान्त्वना दुई समूहलाई १०, १० हजार रुपियाँ पुरस्कार जित्ने गुरुङले बताए । प्रतियोगिता महाअष्टमीसम्म सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्