| आइतवार, कार्तिक २२, २०८३

नाम्जुङमा भलिवल प्रतियोगिता हुने

दरौदीः गोरखाको नाम्जुङमा शहिद लखन गाउँपालिकाकै सर्वाधिक धनराशीको खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । अविनाश स्मृति युवा क्लबले असोज २९ गतेदेखी दोस्रो अविनाश स्मृति कप भलिवल प्रतियोगीता तथा विविध सास्ंकृतिक कार्यक्रम गर्न लागेको हो । सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आयोजक क्लबका अध्यक्ष हरि ढकालले राष्टिूय खेल भलिवल मार्फत ग्रामीण क्षेत्रको खेलकुदको विकासका निम्ती प्रतियोगीता गर्न लागेको जानकारी दिए । प्रतियोगीतामा प्रथम,द्धितिय र तृतिय टिमले क्रमश रु ७५ हजार, रु ५० हजारर रु २५ हजार ५२५ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार ५ सय ५५ रुपैया सहित पुरस्कार दिईनेछ । सास्ंकृतिक कार्यक्रममा राष्टिूय तथा स्थानिय कलाकारको प्रस्तुतीका साथै शिक्षा क्षेत्रको विकासमा योगदान पु¥याउने स्थानिय यन्त्रजंग थापालाई सम्मान गर्ने योजना रहेको अध्यक्ष ढकालले बताए । प्रतियोगीताका लागी लाग्ने ६ लाख रुपैया देश विदेशमा रहेका स्थानिय खेलप्रेमी युवाहरुसँग चन्दा संकलन गरेर जुटाउने जानकारी दिईएको छ । नाम्जुङको सरस्वती आधारभुत विद्यालय र क्लबको भवन परिसरमा असोज २९ गतेदेखी कात्तिक १ गतेसम्म प्रतियोगीता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्