| आइतवार, कार्तिक २२, २०८३

साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा

साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा

साफ च्याम्पियनसिप फुटबलमा नेपालले सेमिफाइनलमा स्थान पक्का गरेकाे छ। शनिबार भएकाे बंगालादेशसँगकाे खेलमा जित हातपारेसँगै नेपालले अगाडिकाे स्थान पक्का गरेकाे हाे। बंगलादेशकाे राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले  फ्रि किक गोल गरेका थिए। खेलको अन्तिम समय ९० मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले उत्कृृृष्ठ गाेल गरेरे। याेसँगै नेपालले २-० जित निकाल्न सफल भएकाे हाे। शनिबारकाे खेल हार्दा वा बराबरी हुँदा घर फर्कनुकाे बिकल्प नेपालसँग थिएन। खेलमा  नेपाली टोलीलाई चार, चार, दुईको ढाँचामा खेलाडी मैदान उतारिएकाे थियाे। शनिबारकाे खेलमा  गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, मिडफिल्डरमा रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल र फरवार्डमा विमल घर्तीमगर तथा भरत खवास खेलेका थिए। यसअघि नेपालले भुटानविरुद्ध ४-० जित निकालेकाे थियाे भने पाकिस्तानसँग २-१ काे हार बेहाेरेकाे थियाे।
news source : http://thahakhabar.com/news/49169

प्रतिक्रिया दिनुहोस्