| शुक्रबार, बैशाख ७, २०८१

प्रदेश ४ का मुख्य मन्त्री गुरुङ फुटबल खेल्न मैदानमा उत्रने

पोखरा, २० चैत /खेलकुदका माध्यम द्वारा विश्वमा शान्तीको पार्दुभाव गर्न शंयुक्त राष्ट्र संघले अप्रिल ६ लाई विशेष मनाउने दिनलाई प्रदेशमा ४ मा समेत विशेष रुपमा मनाउन प्रदेश सरकारका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ फुटबल मैदानमा उत्रने भएका छन् । प्रदेश सरकारको कप्तानी सम्हालिरहेका प्रदेश ४ का मुख्य मन्त्री गुरुङ प्रदेश जनप्रतिनीधिहरुको समेत फुटबलमा कप्तानी गर्दै पोखरा रंगशलामा उत्रने भएका हुन ।

मैत्रीपूर्ण प्रतियोगिताको प्रतिद्वन्दीका रुपमा प्रदेशका जनप्रतिनीधीहरुले पूर्व खेलाडीहरुको साझा संस्था भूतपूर्व खेलाडी मञ्च पाएको छ । जनप्रतिनीधिहरुलाई यो अवसर मंचले नै जुटाएको हो । मंचका अध्यक्ष तेज बहादुर गुरुङले पोखरा रंगशालामा चैत २४ गते शनिबारका दिन प्रदेश जनाप्रतिनीधी र भूतपूर्व खेलाडी मंच नेपालका विच मैत्रीपूर्ण फुटबल आयोजना हुने बताए । यता मंचको तर्फ बाट अध्यक्ष तेज गुरुङले कप्तानी सम्हाल्ने मैत्रीपूर्ण फुटबल कार्यक्रमका संयोजक एवम मंचका महासचिव खेम गुरुङले बताए ।

प्रदेशका तर्फ बाट प्रदेश सरकारका मन्त्री, प्रदेश सांसदहरुको सहभागिता रहनेछ भने अर्को तर्फ आफ्नो जिवनकालमा खेलकुदका माध्यम द्वारा राष्ट्रको झण्डा माथी उठाउने पूर्व राष्ट्रिय खेलाडीहरुको जमघट रहने छ । शंयुक्त राष्ट्र संघले हरेक वर्ष शान्ति र समृद्धीका लागि अप्रिल ६ लाई अन्तराष्ट्रिय खेलकुद दिवशका रुपमा मनाउँदै आएको छ । यो कार्यक्रम साता व्यापी रुपमा मनाउने गरिन्छ ।

यो कार्यक्रमले प्रदेशको खेलकुद बिकासका लागि समेत महत्वपूर्ण रहने मंचका अध्यक्ष गुरुङले बताए । सरकारलाई नजिक बाट खेलकुद बिकासको बोध गराउन पनि कार्यक्रमले भुमिका खेल्ने उनको कथन छ । नेपाल ओलेम्पिक कमिटीका केन्द्रिय सदस्य समेत रहेका गुरुङले प्रदेशलाई खेलकुद पर्यटनको राजधानीको रुपमा बिकास गर्न सहयोगी समेत हुने बताए । सन २०१९ मा हुने १३ औं दक्षिण एशियाली खेलकुदको लागि पूर्वाधार बिकासलाई गति दिन र साग खेलमा पोखरामा धेरै भन्दा धेरै खेलहरु आयोजना गर्न मैत्रीपूर्ण फुटबल कार्यक्रमले सन्देश दिन सक्ने अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्