| शनिबार, कार्तिक २, २०७६

विश्व क्षयरोग दिवस र यसको सान्दर्भिकता

केदार पराजुली  :
भूमिका
नेपालमा क्षयरोग एक प्रमुख जन स्वास्थ्य समस्याको रुपमा रहि आएको छ । क्षयरोग नियन्त्रणमा उपलब्ध स्रोत र साधनको समुचित परिचालन गरि वर्तमान अवस्थामा नेपालले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड पुरा गर्दै आएको छ । हाल क्षयरोग प्रति समाजमा रहेको नकारात्मक धारणामा समेत विस्तारै परिवर्तन हुँदै आएको छ । यो सफलता हासिल गर्न बहुआयमिक प्रयासबाट मात्र सम्भव भएको छ । संसारबाट क्षयरोगलाई समाप्त गर्ने राणनीतिको साथ नेपाल सरकारले विभिन्न गतिविधि गर्दै आइरहेको छ । विश्व स्वास्थ्य संगठनको अगुवाईमा विगत केही बर्ष देखि क्षयरोगका व्यापकता र महत्वलाई जनता सामु उजागर गर्न र सम्पूर्ण सरोकारवालाहरुको ध्यानआकृष्ट गरि कार्यक्रमको प्रभावकारिता बढाउन हरेक बर्ष २४ मार्च मा विश्व क्षयरोग दिवस मनाउँदै आइरहेका छौं । जर्मन वैज्ञानिक डा. रोवट कोचले सन १८८२ मार्च २४ तारिकका दिन क्षयरोग माइक्रोव्याटूेरियम टयूवरकुलाई भन्ने किटाणुले हुन्छ भन्ने कुरा पत्ता लगाएकोले सोही दिनलाई महत्व दिई हरेक बर्ष २४ मार्चमानै विश्व क्षयरोग दिवस मनाउँदै आइरहेका छौं । यसै सन्दर्भमा नेपालले पनि सन् २०१८ मार्च २४ अर्थात वि.सं. २०७४ चैत १० गते शनिवारका दिन राष्टिूय क्षयरोग केन्द्रको अगुवाईमा ७७ वटै जिल्ला अन्तर्गत रहेका जन स्वास्थय कार्यालय र सो अन्तर्गत रहेका स्वास्थ्य संस्था मार्फत यस दिवस मनाउने निर्णय गरेको छ । सोही सन्दर्भमा जिल्ला जन स्वास्थ्य कार्यालय गोरखाले पनि विभिन्न सरोकारवालाहरु सहित पत्रकार माझमा क्षयरोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम राखी “सबै तहको सक्रिय नेतृत्वको प्रतिवद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता” यस बर्षको नाराको साथ मनाउन लागि रहेको छ । यस बर्षको क्षयरोग दिवस मनाउनुको मुख्य उद्देश्य स्थानीय तहका जन निर्वाचित सरकारको नेतृत्वदायी प्रतिबद्धतालाई विशेष महत्व दिनु रहेको छ ।
परिचय
क्षयरोग माइक्रोव्याटूेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो । यो रोग स्वासप्रश्वासको माध्यमबाट सर्दछ । क्षयरोगका किटाणुहरु हावाको माध्यम भएर फोक्सोमा पुग्दछन् ती व्याक्टेरियाहरुले या त फोक्सोमा संक्रमण गर्छ वा शरिरको रक्तसञ्चार वा रससंचार प्रणाली भएर शरिरको विभिन्न अंगहरु जस्तै गिदी, मुटु, हड्ड्ी, छाला, मृगौला, आन्द्रा जस्ता ठाउँमा संक्रमण गरी क्षयरोग लाग्दछ । फोक्सोमा संक्रमण भएमा फोक्सोको टि.वि. भनिन्छ भने गिदीमा संक्रमण भएमा ब्रेन टिबी भनिन्छ । त्यस्तै छालामा संक्रमण भएमा स्किन टि.वि. र आन्द्रामा संक्रमण भएमा इनटेष्टाइनल टि.बि. भनिन्छ । यसरी शरीरको जुनजुन अंगमा संक्रमण भयो सोही अनुसारको नाम दिने चलन छ । तर फोक्सोमा लाग्ने क्षयरोग अन्य भागमा लाग्ने क्षयरोग भन्दा बढी खतरनाक र सर्ने किसिमको हुन्छ ।
वर्तमान अवस्थाः
विश्वमा करिब १ करोड ४ लाख मानिसहरु क्षयरोगबाट ग्रसित छन प्रति बर्ष करिब ९६ लाख क्षयरोगका नयाँ विरामी थपिने गर्दछन । जसमध्ये ९०% विरामीहरु गरिब देशहरुमा छन् । प्रत्येक बर्ष करिब १ लाख ४० हजार बालबालिका, ४ लाख ८० हजार महिला र ८ लाख नब्बेहजार पुरुष गरी १५ लाख मानिसहरुको क्षयरोगको कारणले मृत्यु हुने गर्दछ ।
नेपालका कुल जनसंख्याको ४५% व्यक्तिहरु क्षयरोगबाट संक्रममित भएको अनुमान गरिएको छ । करिब ८० हजार मानिसहरु क्षयरोगबाट पिडित भएको तथा ४४ हजार नयाँ विरामीहरु थपिने गरेको अनुमान गरिएकोमा प्रतिबर्ष ३४ हजारको हाराहारीमा विरामीहरु पत्ता लागी उपचारमा आउने गरेका छन् जस मध्ये ९०% भन्दा बढी विरामीहरु उपचार पश्चात निको भएका छन् । नेपालमा प्रत्येक बर्ष ५ देखि ७ हजार व्यक्तिको यस रोगबाट मृत्यु हुने अनुमान गरिएको छ । क्षयरोग जुन सुकै उमेर, लिङ्ग, वर्ग, क्षेत्र, जातजाती, पेशा लाई हुन सक्छ । विशेष गरी १५ देखि ५४ बर्षको उमेरमा यसको दर अधिक देखिएको छ ।
गोरखा जिल्लामा करिब १ लाख ६२ हजार जनसंख्यामा कुनै न कुनै समय क्षयरोगको किटाणुबाट संक्रमण भएको अनुमान गरिएको छ । २५०(३५० जना सम्म बार्षिक रुपमा क्षयरोगबाट पिडित भएको पाइएको छ । प्रतिबर्ष करिब २१७ जना नयाँ विरामी आउने गरेको तथ्याङ्कबाट पाइएको छ । जसमध्ये करिब १४० जना खकारमा किटाणु भएको विरामी पाइएको छ । बार्षिक २ देखि ३ प्रतिशत विरामीको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ । आजको दिन सम्म गोरखा जिल्लामा १६० जना विरामीहरु क्षयरोगको उपचारमा रहेका छन् । क्षयरोगको विरामीहरुको परीक्षण देखि औषधी सम्पूर्ण नेपाल सरकारबाट निःशुल्क व्यवस्था गरीएको छ ।
रोग सर्ने तरिका ः
यो रोग विरामीले खोक्दा वा हाँछियू गर्दा खकारमा भएका क्षयरोगका किटाणुहरु साना साना थुकका छिटासँगै बाहिरी हावामा निस्कन्छन । धेरै जसो ती छिटाहरु साना साना धुलोका कणजस्तै टासिएर बाहिरी वातावरणमा केही समय रहन्छन भने थोरै मात्रामा हावामा मिसिएर बाहिरी वातावरणमा लामो समय सम्म रहन सक्ने हुन्छन । १० माइक्रो मिटर आकार भएको र सो भन्दा साना मात्र फोक्सोका सबै भन्दा साना हावा भएको भाग एलभिओलि सम्म पुग्न सक्दछन । यसरी यी किटाणुहरु फोक्सोमा पुगेपछि फोक्सोको हाइलियम ग्रन्थीलाई प्रभाव पार्दछ तर क्षयरोग लाग्ने नलाग्ने व्यक्तिमा भएको रोग संग लडने क्षमतामा भर पर्दछ । रोग सँग लडने क्षमता कम भएका मानिस जस्तै कुपोषित बाल बालिका, एच.आई.भि. संक्रमण भएका व्यक्ति तथा अन्य शारिरीक कमजोरी भएका व्यक्तिलाई यो रोगको किटाणुले संक्रमण गर्दछ । क्षयरोगको किटाणुले संक्रमण गरेको व्यक्तिमध्ये १०% व्यक्तिमा मात्र क्षयरोग विकसित हुन सक्छ ।
क्षयरोगको प्रकारः
क्षयरोग २ प्रकारको हुन्छ । फोक्सोमा लाग्ने क्षयरोग जुन कुल क्षयरोगी मध्ये ८०% हुन्छ भने फोक्सो बाहेक शरिरको अन्य भागमा लाग्ने क्षयरोग जुन २०% हुन्छ ।
क्षयरोगको मुख्य मुख्य लक्षणहरुः
२ हप्ता वा सो भन्दा बढी समय सम्म लगातार खोकी लाग्नु, साझापख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु तौल घट्नु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु र खकार मा रगत देखिनु यो रोगको मुख्य लक्षण हो ।
रोगको निदान विधिः
खकारको परीक्षण नै सबै भन्दा मुख्य निदान विधि हो भने एक्सरे, जेनेक्स्पोट परीक्षण, माउन्टुस्ट जस्ता विधिहरु पनि उपयोगी साविध भएका छन ।
उपचारः
यो रोगको उपचार सबै स्वास्थ्य संस्थाहरुमा हुने गरेको छ अन्य रोगमा भन्दा क्षयरोगमा म्इत्क् ९म्ष्चभथि इदकभचखभम त्चभबतmभलत क्जयचत ऋयगचकभ) को रणनीति उपयोगी भएको छ । सन् १९९६ मा भक्तपुर, पर्सा, नवलपरासी र कैलालीबाट सुरु भएको यस विधि अहिले ७७ वटै जिल्लामा लागु भैसकेको छ भने यस विधि लागु हुनु भन्दा पहिला ३३% मात्र निकोहुने दर थियो भने अहिले ९०% भन्दा माथि निको हुने दर पुगेको छ ।
क्षयरोग लाग्ने दर कम गर्दै क्षयरोगबाट हुने मृत्यु तथा पिडालाई सून्य बनाउदै क्षयरोग मुक्त संसारको परिकल्पना आजको विश्व व्यापी रणनीति हो सन् २०२५ सम्म सन् २०१५ को तुलनामा यसको मूत्युदर ७५% ले घटाउने छ भने नयाँ विरामी दर ५०%ले घटाउने रहेको छ । सन् २०३५ सम्म मृत्युदरमा ९५%ले घटाउने भने र नयाँ विरामी दर ९०%ले घटाउने लक्ष्य राखिएको छ । सोही लक्ष्यलाई पुरा गर्न सम्बन्धित सरोकारवालाहरुसँगको सहकार्य, स्वास्थ्य सेवामा विस्तार, गुणस्तुरीय स्वास्थ्य सेवा, औषधी तथा उपकरणको चुस्त र दुरुस्त उपलब्धता, जनमानसमा सचतेना गतिविधि, म्इत्क पद्दतिको परिमार्जन र सुदृढिकरण प्रभावकारी प्रयोगशाला विधि अवलम्बन प्रभावकारी र छिटो निदान तथा उपचार विधि अबलम्बन, नयाँ प्रविधिको अबलम्वन, तथ्याङ्क तथा सुचनाको सहि विश्लेषण आवश्यक स्रोत र साधनको परिचालन क्षमता अभिबृद्धि उपयुक्त अनुगमन तथा मुल्याङ्कन विधि अबलम्बन रोग सार्ने माध्यमको प्रभावकारीे नियन्त्रण गर्ने, उपयुक्त कार्य योजना, आवश्यक संचालन, निर्देशिका, तालिम सामाग्री, शिक्षण सामाग्रीको विकास र वितरण जस्ता कार्यगत नीति लिई यस रोगलाई संसारबाट अन्त्य गर्ने नीति लिइएको छ ।  लेख जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्