| आइतवार, साउन २३, २०८३

गोरखा होटल संघको अध्यक्षमा कृष्ण लामिछाने

गोरखा होटल संघले नयाँ नेतृत्व पाएको छ । संघको शनिबार सम्पन्न आठौं अधिवेशनले कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा सिलोन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा विष्णु तिमिल्सिनालाई, सचिवमा राजकुमार अधिकारीलाई र कोषाध्यक्षमा अर्जुन पाण्डेलाई चयन गरेको छ ।

यसअघिको कार्यकालका अध्यक्ष केशव कुँवरको अध्यक्षतामा सम्पन्न पन्द्रौँ साधारण सभा तथा आठौं अधिवेशनको प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले उद्घाटन गरेका थिए ।

सो उद्घाटन सभामा विशिष्ट अतिथि होटल महासंघका उपाध्यक्ष भाइचन्द्र श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के, गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष रामस्वरुप श्रेष्ठ, धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल तथा गोरखा होटल संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद लामिछानेले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्