
चीनमा विश्वकपका खेलहरुमा ४८ अर्ब डलर बराबरको बेटिङ
बेइजिङ्ग प्रहरीले गैरकानुनी रुपमा विश्वकपमा बेट गर्ने एक सिण्डीकेटलाई तोडेको छ । यस कारोबारमा संलग्न रहेको आशंकामा ४६ जना पक्राउ परेको चिनिया सरकारी मिडियाहरुले जनाएका छन् ।
चीनको राजधानीको प्रहरीले दिएको जानकारी अनुसार यस कारबाहीमा २०० अधिकारीहरु सहभागी रहेका छन् । चीन सरकारले केही समयदेखि देशव्यापी रुपमा खेललाई लक्षित गरेका बेट गर्ने कार्य विरुद्ध कारबाही चलाइरहेका छ ।
चिनियाँ मुलभूमिमा जुवाजन्य कार्यहरुलाई कडाईका साथ नियन्त्रण गरिन्छ । सरकारले आयोजना गर्ने चिठ्ठामा भने यो लागु हुदैन ।
बेइजिङ्ग प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका मध्य १४ जनालाई अपराधिक जेलमा राखिएको छ भने २१ लाई प्रशासनिक कैदमा छन् । बाँकी शंकास्पदमाथि भने अनुसन्धान जारी रहेको छ ।
प्रहरीले ६ जना चिनिया मास्टरमाइन्डले विदेशी बेट गर्ने वेबसाइटको दलाल बनेर एजेन्ट र उपभोक्ता खोज्ने काम गरिरहेको विश्वास गरेको छ ।
यस रिङ्गले वीच्याटजस्तो लोकप्रिय म्यासेजिङ्ग साइटबाट प्रत्यक खेल अघि कुन टिमले जित्ने बढी सम्भावना छ भनेर प्रचार गर्ने गरेको विश्वास गरिएको छ ।
प्रहरीका अनुसार यस रिङ्गसँग जोडिएको कारोबारको मुल्य ४८ अर्ब डलर छ ।
आफ्नो देशको टिम विश्वकपमा सहभागी नभएको भए पनि चीनका दशौं हजार फुटबल प्रशंसकहरु रसियामा भइरहेको फुटबल प्रतियोगितामा सहभागी हुन गएका छन् ।
चीन विश्वको सबैभन्दा धेरै फुटबल प्रशंसक भएको देश हो । यही कारणले विदेशी बेटीङ्ग वेबसाइटहरुले चीनलाई निशाना बनाइरहेका छन् ।




