
विश्वकपमा अमेरिकी कम्पनीले इरानमाथि प्रतिबन्ध लगाएपछि‘।
फुटबल विश्वकपमा अमेरिकी कम्पनीले इरानका खेलाडीलाई जुत्ता नदिने घोषणा गरेको थियो । अमेरिकाले इरानमा लगाएको प्रतिबन्धको कारण देखाउँदै अमेरिकी ‘स्पोर्ट्स’ कम्पनी ‘नाइकी’ ले खेलाडीलाई आफ्नो सामान उपलब्ध नगराएको हो ।
इरानमा अमेरिकाको प्रतिबन्ध रहेकाले खेलाडीलाई कम्पनीको कुनै पनि सामान आपूर्ति नगरेको कम्पनीले बताएको छ ।
तेहरान टाइम्सको एक रिपोर्टमा गत शुक्रबार इरान र मोरक्कोबीच भएको प्रतियोगितामा १–० गोल अन्तरले जीत हात पारेको थियो । त्यसलगत्तै इरानी समर्थकहरुले ‘नाइकी तिम्रो सामान बिना नै खेल जित्न सक्छौ’ भन्दै सामाजिक सञ्जाल ट्विटरमा लेखेका थिए । इरानी समर्थकले लेख्न सुरु गरेको वाक्य भाइरल भएको छ ।
इरानले विश्वकपमा मोरक्कोसँग जित सँगै दोस्रो सफलता हात पारेको छ । सन् १९९८ मा इरानले अमेरिकालाई हराएको थियो ।एजेन्सी –





