| बुधबार, असार ९, २०८३

रोनाल्डोको ह्याट्रिक गोल, पोर्चुगल र स्पेन ३–३ गोलको बराबरीमा

एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका छन् । कप्तान रोनाल्डोले ह्याट्रिक गोल गरेसँगै पोर्चुगलले स्पेनसँग ३–३ गोलको बराबरीमा पु¥याएको छ ।

खेलको ८८औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् । यसअघि स्पेनले पोर्चुगल विरुद्ध ३–२ गोलको अग्रता बनाएको थियो । स्पेनको अग्रतामा डिएगो कोष्टा र नाचोले गोल गरे । खेलको ५५ मिनेटमा डिएगो कोष्टाले गोल गर्दै २–२ गोलको बराबरीमा स्पेनलाई पु¥याएका थिए । तर, त्यसको ३ मिनेटपछि नै नाचोले गोल गर्दै स्पेनलाई ३–२ गोलको अग्रता दिलाएका थिए ।

पोर्चुगलले स्पेन विरुद्ध पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको थियो ।
पोर्चुगललाई पहिलो हाफमा अग्रता दिलाउन कप्तान क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । त्यस्तै, स्पेनका लागि डिएगो कोष्टाले एक गोल फर्काएका थिए । पोर्चुगलका लागि कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै अग्रता बनाएका थिए । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोलाई डिबक्सभित्र स्पेनका खेलाडीले फल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै कप्तान रोनाल्डोले गोल गरेका थिए ।

खेलको २४ औं मिनेटमा स्पेनका डिएगो कोष्टाले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरे । उनकै गोलले स्पेनले पोर्चुगलसँग १–१ गोलको बराबरी बनाएको थियो । तर, पहिलो हाफ सकिन अन्तिम समयमा कप्तान रोनाल्डोले उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरेपछि पोर्चुगलले अग्रता बनाएको थियो ।
रसियाको सोची शहरस्थित फिष्ट रंगशाला दुबै टिम जितको खोजिमा छन् ।

प्रतिक्रिया दिनुहोस्