
आरुखर्क क्लब भलिबलको फाईनलमा
दरौँदी ः आरुखर्क युवा क्बल ताकुकोट जिल्लाकै सर्वा्धिक पुरस्कार राशी रहेको प्रथम शहिद दिल बहादुर रम्तेल स्मृति कपको फाइनलमा पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा वाइसिएल गलकोट बाग्लुङमा ३ –२ को सेटमा पराजित गर्दै आरुखर्क फाइनलमा पुगेको हो । मंगलबार हुने दोस्रो सेमिफाइनल खेलमा बिजयी टीम संग आरुखर्च युवा क्लबले उपाधीका लागि फाइनलमा प्रतिस्पर्धा गर्नुपर्नेछ । आइतबार नै सम्पन्न हुने भनिएको दोस्रो सेमीफाइनल खेल बर्षाका कारण स्थगित भएको शैलपुत्रि माध्यमिक बिधालयका मदन अम्गाँईले जानकारी दिए ।
दोस्रो सेमिफाइनल खेल मंगलबार देउराली युवा क्लब कास्की र आयोजक बारपाक सुलिकोट गाउँपालीका बिच हुने उनले जानकारी दिए । यसै बिच प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेल पनि सम्पन्न भएको छ । क्वाटर फाइनल खेल अन्तगर्त भएको पहिलो खेलमा देउराली युवा क्लब कास्कीले जनसंरक्षण युवा क्लब आरुपोखरी २–० को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा धादिङ तमु समाजलाई २–० को सोझो सेटमा हराउदै आयोजक बारपाक सुलिकोट गाउँपालीका बिजयी भएको छ । प्रतियोगितामा धादिङलाई पहिलो सेटमा २५–१३ र दोस्रो सेटमा २५–२१ सेटमा हराउदै बारपाक सुलीकोट सेमीफाइनलमा पुगेको अम्गाईले जानकारी दिए । त्यस्तै तेस्रो क्वाटर फाइनल खेल भिमसेन थापा गाउपालीका र वाइसियल गलकोट बाग्लुङ बिच भएको थियो ।
सो खेलमा बाग्लुङले सोझो २ सेटमा भिमसेनलाई पराजित गरेको हो । पहिलो सेटमा २५–१५ र २५–१७ सोझो सेटमा भिमसेनलाई हराउदै बाग्लुङ बिजयी सेमिफाइनलमा पुगेको होे । क्वाटरफाइनलको अन्तिम खेलमा देराली युवा क्लब कास्कीले तोकराङ साझा समाज सौरपानीलाई लगातार २ सेटमा हराएको थियो । कास्कीले पहिलो सेटमा २५–११ र २५–१३ को फराकिलो अन्तरमा सौरपानीलाई पराजित गरेको अम्गाईले जानकारी दिए । गोरखाको बारपाक सुलिकोट गाउपालीका तथा जन सहारा युवा क्लब देउरालिको संयुक्त आयोजनामा आइतबार देखि वडा नं ७ पाचँखुवा देउरालीमा शुरु भएको भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५ हजार, द्धितिय हुनेले ६० हजार, तृतिय हुनेले ३० हजार र चौथो हुने टिमले १५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल भोली नै हुने आयोजकले जनाएको छ । प्रतियोगितामा माओवादीका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतीमा भएको हो ।




