| बुधबार, असार ९, २०८३

रोनाल्डिन्हो

दुई गर्लफ्रेन्डसँग एकै चोटी विवाह गर्दै रोनाल्डिन्हो !

ब्राजिलियन फुटबलर रोनाल्डिन्होले एकैपटक दुईवटा युवतीसँग विवाह गर्न लागेको समाचार बाहिर आएको छ ।

बेलायती अनलाइन डेली मेलका अनुसार ३८ वर्षीय खेलाडी आफ्नो दुई मङ्गेतरसँग प्रिस्किला काइल्हो र बिट्रिज सोउजासँग रियो दि जनेरियोस्थित आफ्नो ५० लाख डलर पर्ने महलमा बसिरहेका छन् ।
अब उनले दुवैसँग आगामी अगस्तमा विवाह गर्न लागेका हुन् ।

ब्राजिलियन सञ्चारमाध्यमलाई उद्धृत गर्दै खास नाम ‘रोनाल्डो डे एसिस मारेइरा’ भएका रोनाल्डोले आफ्नो घरमा सानो कार्यक्रमबीच विवाह गर्ने समाचारमा भनिएको छ ।

यद्यपि, ब्राजिलमा बहुविवाह गैरकानूनी मानिन्छ र यसबापत ६ वर्षसम्म जेलसजाय हुने व्यवस्था रहेको छ । त्यही भएर रोनाल्डिन्होले विवाह कार्यक्रम आयोजना गरे पनि दुईवटा विवाहलाई आधिकारिक रुपमा दर्ता नगर्ने पनि बताइएको छ ।

बार्सिलोनाका पूर्व स्टारले सन् २०१६ देखि बिट्रिजलाई डेट गर्न शुरु गरेको तर यसबीचमा प्रेमिका प्रिस्किलासँग पनि सम्बन्ध जारी राखेको बताइएको छ । रिपोर्टका अनुसार दुवै प्रेमिकाले पकेटमनीको रुपमा आफूखुसी खर्च गर्न १५ सय डलर पाउने गर्छन् । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्