| आइतवार, कार्तिक २२, २०८३

असोज १० देखि भच्चेकमा प्रथम भच्चेक कप

्अजिरकोट गाउँपालिकाको भच्चेक स्थित दि मनास्लु यूवा क्लबले यहि असोज १० देखि १७ गतेसम्म प्रथम भच्चेक कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

क्लबले सार्वजनिक सूचना जारी गरी खुल्ला फुटबल प्रतियोगितामा सहभागि हुन खेलाडीहरुलाई आग्रह गरेको छ ।

अजिरकोट ३, भच्चेक स्थित टुडीखेल मैदानमा हुने प्रतियोगितामा पहिलो हुनेले एक लाख ११ हजार एकसय ११ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै दोस्रो हुनेले ५५ हजार पाँचसय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउनेछ ।

त्यस्तै सेमिफाइनल पुग्ने अथवा सान्त्वना स्थान हाँसिल गर्ने दुबै टोलीलाई २२ हजार दुईसय २२ रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ डिफेन्डर, अनुशासित प्रतियोगी समुह र सर्वाधिक गोलकर्तालाई पनि विशेष पुरस्कारको ब्यवस्था गरिएको आयोजक दि मनास्लु क्लबले जानकारी दियो ।

प्रतियोगितामा सहभागि हुन चाहने टिमहरुले प्रतियोगिता हुने दिन असोज १० गते विहान १० बजे भित्र आफ्नो टिम दर्ता गरिसकेको हुनुपर्नेछ । प्रतियोगितामा सहभागि टिमले दर्ता स्वरुप १० हजार रुपैयाँ बुझाउनुपर्नेछ । उक्त प्रतियोगिताको उद्घाटन सत्रमा आयोजक क्लब दि मनास्लुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्