| आइतवार, कार्तिक २२, २०८३

वल्ड क्यापिटल र महालक्ष्मी सेमिफाइनलमा

वल्ड क्यापिटल मावि रानीवन र महालक्ष्मी मावि लक्ष्मीवजार गोरखामा जारी विद्यालयस्तरीय छात्र फुटवलको सेमीफाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार भएको पहिलो खेलमा शक्ति माध्यमिक विद्यालय पाटेचौरलाई ४ – ० गोलको फराकिलो अन्तरले हराउँदै वल्ड क्यापिटलले सेमीफाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा छिमेकी स्कुल लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २(१ गोल अन्तरले हराउँदै महालक्ष्मी मावि लक्ष्मीवजार पनि सेमीफाइनल पुगेको हो । यसअघिका क्वाटरफाइनल खेलबाट सरस्वती मावि फिनाम र मोडर्न इंग्लिस बोर्डिङ स्कुल हरमटारी सेमीफाइनलमा पुगिसकेका छन् । सेमीफाइनल खेलहरु आउँदो आइतवार हुने छन् । पाmइनल प्रवेशका लागि सरस्वती मावि फिनाम र मोडर्न इंग्लिस बोर्डिङ स्कुल हरमटारी तथा महालक्ष्मी मावि लक्ष्मीवजार र वल्ड क्यापिटल मावि रानीवनविच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल साउन २० गते सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १५ हजार रुपैया पुरस्कार पाउने आयोजक जिल्ला फुटवल संघले जनाएको छ । विजेता विद्यालयले प्रदेशस्तरीय प्रतियोगितामा पनि सहभागीता जनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्