
गोरखा मोडर्न र सरस्वती मावि सेमि फाइनलमा
दरौंदी ः गोरखा जिल्लास्तरीय विद्यालय फुटवल प्रतियोगितामा सरस्वती मावि फिनाम र मोर्डन इङलिस बोर्डिङ स्कुल हरमटारी सेमिफाइनलमा प्रबेश गरेका छन् । सदरमुकामस्थित खेल मैदानमा बुधबार भएको दुई खेलबाट सरस्वती र मोर्डन सेमिफाइनलमा प्रबेश गरेका जिल्ला फुटवल संघका प्रशिक्षक सरोज श्रेष्ठले जानकारी दिए । बुधबार भएको दुबै खेलको टुंगो टाइब्रेकरमा लागेको हो । पहिलो खेलमा सरस्वती र रत्नलक्ष्मी मावि डुम्रीडाँडाले निर्धारित समयमा दुई÷दुई गोल गरेका थिए । टाइब्रेकरमा सरस्वतीले ६–५ गोल अन्तरले रत्नलक्ष्मीलाई पराजित गरेको हो । मोर्डन र जनशक्ति मावि नाम्जुङबिच भएको दोस्रो खेलमा निर्धारीत समयमा दुबै तर्फका खेलाडीले एक ÷एक गोल मात्रै गरेका थिए । ट्राइब्रेकरमा मोर्डनले जनशक्तिलाई ४– ३ गोल अन्तरले हरायो । बिहिबार दुई खेल हुने आयोजक जिल्ला फुटवल संघले जनाएको छ । पहिलो खेल दिउँसो २ बजे शक्ति मावि पाटेचौर र वल्ड क्यापिटल मावि रानीवनबिच हुनेछ । दोस्रो खेल दिउँसो ४ बजे लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार र महालक्ष्मी मावि लक्ष्मीबजारबिच हुने आयोजकले जनाएको छ । दश विद्यालय सहभागी प्रतियोगिता साउन २० गते सकिनेछ ।




