| आइतवार, कार्तिक २२, २०८३

पाचौं आँबुखैरेनी खुल्ला मिनि म्याराथुनको उपाधि गोरखाका शितलले जिते

 

विश्व स्वास्थ्य दिवशको अवसरमा तनहुँको आँबुखैरेनीमा  पाचौं आँबुखैरेनी खुल्ला मिनि म्याराथुन भएको छ । लायन्स तथा लियो क्लव अफ आँबुखैरेनीको आयोजनामा भएको प्रतियोगितामा गोरखाका शितल बानिया पहिलो भएका छन् ।

१९ प्रतिस्पधीलाई पछि पार्दै उनले सत्रसयबाट आँबु खैरेनी बसपार्क सम्म १० किलोमिटरको निर्धारीत दुरी ४१ मिनेट १५ सेकेण्डमा पार गरे । बानियाले गत वर्षको चौंथो आँबुखैरेनी खुल्ला मिनि म्याराथनको उपाधी पनि जितेका थिए ।

डडेलधुराका ओम जोशी निर्धारीत दुरी ४१ मिनेट २० सेकेण्डमा पार गर्दै दोस्रो भएका छन् ।

यस्तै, गोरखाकै प्रविण कुमार बोहोरा तेस्रो भएका छन् । उनले ४२ मिनेट ७ सेकेण्डमा निर्धारीत दुरी पार गरेका हुन् । आँबुखैरेनीका सनम गुरुङ र गोरखाका अर्जुन रोका सान्त्वना भएका छन् ।

प्रतियोगितामा पहिलो,दोस्रो र सान्त्वना हुनेले क्रमश ः नगद २० हजार, १५ हजार , १० हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

लायन्स क्लब अफ आँबु खैरेनीका अध्यक्ष काजी थापाको अध्यक्षतामा भएको कार्यक्रममा विजेताहरुलाई आँबु खैरेनी गाउँ पालिकाका अध्यक्ष गिर बहादुर थापा र अन्तराष्ट्रिय लायन्स क्लब ३२५ बी १ का डिष्ट्रिक ट्रेजर माधब बहादुर पन्तले पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्