| आइतवार, कार्तिक २२, २०८३

गैडाकोट र देवचुली सेमिफाइनल प्रबेश

पालुङटारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा गैडाकोट नगरपालिका र देवचुली नगरपालिका सेमिफाइनल प्रबेश गरेका छन् । शनिवार भएको क्वाटर फाईनल चरणका खेलबाट गैडाकोट र देवचुली सेमिफाइनल प्रबेश गरेका हुन् । शनिवार भएको खेलमा गोरखाको पालुङटार बि ले गैडाकोट नगरपालिका नवलपुरलाई आत्मघाती गोलको उपहार दिएको हो । पालुङटारका बिरबहादुर गुरुङको आत्मघाती गोलले गैडाकोटको सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा गैंडाकोटका रोशन दर्लामी म्यान अफ द म्याच भएका आयोजक समितिका प्रचार संयोजक सन्तोष पोखरेलले बताए ।
दोस्रो खेलमा देवचुली नगरपालिका नवलपुरले पालुङटार ए लाई पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको छ । निर्धारीत समयमा दुबै टिमले एक ÷एक गोल गरेका थिए । थप १५ मिनेटको समयमा पनि कुनैपनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा देवचुलीले पालुङटार ए लाई ४–३ गोल अन्तरले पराजित ग¥यो । खेलमा देवचुलीका विशाल विक म्यान अफ द म्याच भएका छन् ।
आइतबार दुई खेल हुने भएका छन् । पहिलो खेल दिउँसो १२ बजे गोरखा नगरपालिका र गण्डकी गाउँपालिकाबिच हुनेछ । दिउँसो २ बजे हुने दोस्रो खेलमा पुतलीबजार नगरपालिका स्याङजा र भानु नगरपालिका तनहुँबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र द्धितिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण पत्र छ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद ५४ हजार ३२१ रुपैयाँ दिईनेछ । उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता चैत ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्