
दलभन्ज्याङमा जारी दोस्रो फुटवल मेला सकियो
गोरखा नगरपालिका ९ दलभन्ज्याङमा जारी दोस्रो फुटवल मेला सकिएको छ । मेलामा भएको पाचौं ओसन कप फुटवल प्रतियोगिताको उपाधि ड्याफोडिल बोर्डिङ काठमाण्डौ विजेता भएको छ । सोमबार भएको फाइनल खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदन ए २ –० गोल अन्तरले पछि पार्दै ड्याफोडिलले उपाधि आफ्नो पोल्टामा पारेको हो । प्रतियोगिताको विजेता ड्याफोडिलले नगद ११ हजार एक सय ११ र उप विजेता लक्ष्मी सामुदायिक शिक्षा सदनले पाचँ हजार पाचँ सय ५५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । १३ बर्ष मुनिका खेलाडीबिचको पाचौं ओसन कप फुटवल प्रतियोगिता भएको हो ।
फुटवल मेला अन्तरगत नै भएको चौथो भेट्रान्स कपको उपाधि जिल्ला फुटवल संघ ए ले पाएको छ । सोमबारको फाइनल खेलमा जिल्ला फुटवल संघ बि लाई ए ले ४–० गोल अन्तरले पराजित गर्दै उपविजेतामै सिमीत राख्यो । ३५ बर्ष माथिका गैह्रब्यवसायिक खेलाडी बिच चौथो भेट्रान्स कपको विजेता र उपविजेता दुबै समुहले खसी पुरस्कार पाएका छन् ।
सोही अबसरमा खेल मार्फत जिल्ला तथा राष्ट्रमा योगदान पु¥याएका राष्ट्रिय खेलाडी विकास मल्ललाई सम्मान गरिएको छ । मल्लको सम्मान पत्र उनका वुवा टेकबहादुर मल्लले ग्रहण गरे ।
यस्तै, ओसन क्लबबाट उत्कृष्ट फुटवल खेल्ने रोशन श्रेष्ठलाई ओसन बर्ष खेलाडी पुरस्कार, जिल्लाको फुटवल विकासमा योगदान पु¥याउने पालुङटारका प्रेम गुरुङलाई लाइफ टाईम अचिभमेन्ट अर्वाड र १३ बर्ष मुनिको प्रतियोगितामा उत्कृष्ट खेल्ने ड्याफोडिलका कविर तामाङलाई प्रतिभा पुरस्कार प्रदान गरिएको आयोजक द ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए । प्रतियोगिताका विजेता तथा सम्मानीत खेलाडीहरुलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्त तथा वडाअध्यक्ष कुलबहादुर कुँवरले पुरस्कार तथा सम्मान पत्र प्रदान गरे । क्लबका सल्लाहकार काजिराम खत्रीको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । ‘ऐतिहासीक गोरखा गोर्खालीको पहिचान, फुटवल विकास गराउने हाम्रो अभियान’ भन्ने नाराका साथ द ओसन क्लबको मुख्य आयोजनामा फागुन १५ गतेबाट मेला शुरु भएको थियो ।




