| आइतवार, कार्तिक २२, २०८३

दलभन्ज्याङमा जारी फुटवल मेलामा भोली फाइनल खेल हुने

गोरखा नगरपालिका ९ दलभन्ज्याङमा जारी दोस्रो फुटवल मेलामा सोमबार फाइनल खेल हुने भएको छ । आइतबार भएको सेमिफाईनल चरणका खेलबाट पाचौं ओसन कप फुटवल प्रतियोगितामा लक्ष्मी सामुदायिक शिक्षा सदन ए र ड्याफोडिल बोर्डिङ काठमाण्डौ फाईनलमा पुगेका छन् ।
लक्ष्मी सामुदायिक शिक्ष सदन ए ले लक्ष्मीबजार हर्ट लाई पेनाल्टीमा ४–३ गोल अन्तरले जितेर फाइनलको यात्रा तय गरेको हो । यस्तै, ड्याफोडिलले लक्ष्मी सामुदायिक शिक्षा सदन बि लाई ४ –० ले पछि पार्दै फाईनल पुगेको हो । १३ बर्ष मुनिका खेलाडीबिचको पाचौं ओसन कप फुटवल प्रतियोगिता भएको हो ।
फुटवल मेला अन्तरगत नै भएको चौथो भेट्रान्स कपको फाइनलमा जिल्ला फुटवल संघ ए र बि भिड्ने भएका छन् । आइतबार भएको खेलबाट जिल्ला फुटवल संघ ए ले द ओसन क्लबलाई १–० र जिल्ला फुटवल संघ बि ले पालुङटार क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । ३५ बर्ष माथिका गैह्रब्यवसायिक खेलाडी बिच चौथो भेट्रान्स कप भएको आयोजक द ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।
‘ऐतिहासीक गोरखा गोर्खालीको पहिचान, फुटवल विकास गराउने हाम्रो अभियान’ भन्ने नाराका साथ द ओसन क्लबको मुख्य आयोजनामा प्रतियोगिता भएको हो । सोमबार एक समारोहका बिच खेलाडी सम्मान तथा पुरस्कार वितरण गरि कार्यक्रम समापन गर्ने आयोजक क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्