
फुटवल मेलामा पाचँ खेल सम्पन्न
गोरखा नगरपालिका ९ दलभन्ज्याङमा जारी दोस्रो फुटवल तथा सांस्कृतिक मेला अन्तरगत शुक्रबार पाचँ खेल सम्पन्न भएको छ । १३ बर्ष मुनिका खेलाडीबिच पाचौं ओसन कप फुटवल प्रतियोगिता अन्तरगत चार खेल र ३५ बर्ष माथिका गैह्रब्यवसायिक खेलाडी बिच चौथो भेट्रान्स कप अन्तरगत एक खेल भएको हो । १३ बर्ष मुनिका खेलाडीबिचको आजको खेलबाट मनकामना बोर्डिङ स्कुल सतिपीपल, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार, लक्ष्मीबजार क्लब र गोरखा जिल्ला फुटवल संघको १२ बर्ष मुनिको समुह अघिल्लो चरणमा प्रबेश गरेका छन् ।
मनकामना र लक्ष्मी सामुदायिकले द ओसन क्लब ए र बि समुहलाई ३÷ १, ३÷१ गोल अन्तरले हराएका आयोजक द ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो । लक्ष्मीबजारले शिवनगर युनाईटेडलाई पेनाल्टीमा ३ ÷२ र फुटवल संघले विर्दी युनाईटेडलाई २ ÷० गोलले पछि पार्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । भेट्रान्स अन्तरगत ३५ बर्ष माथिका गैह्र खेलाडीबिचको खेल अन्रतगत गोरखा जिल्ला फुटवल संघ र लक्ष्मीबजार हर्ट क्लब बिच खेल भएको छ ।
‘ऐतिहासीक गोरखा गोर्खालीको पहिचान, फुटवल विकास गराउने हाम्रो अभियान’ भन्ने नाराका साथ द ओसन क्लबको मुख्य आयोजनामा प्रतियोगिता भएको हो । २० गतेसम्म चल्ने दुबै प्रतियोगितामा १२ ÷१२ टीम सहभागी छन् ।




