
त्रिवेणी र बुद्ध छैटौं गोर्खाली रनिङ कपको सेमीफाइनलमा
त्रिवेणी क्लव मुग्लिन र बुद्ध युथ क्लव भोटेओडार छैटौं गोर्खाली रनिङ कप फूटवलको सेमीफाइनलमा प्रवेश गरेका छन् । शनिवार भएको पहिलो क्वाटरफाइनलमा एभरेष्ट क्लव चितवनलाई टाईब्रेकरमा ७(६ गोल अन्तरले हराउँदै गत वर्षको विजेता त्रिवेणीले सेमीफाइनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल १÷१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको हो ।
खेलमा अग्रता भने एभरेष्ट क्लव चितवनले लिएको थियो । खेलको आठौं मिनेटमा जर्सी नम्वर १८ का शक्ति गुरुङको गोलबाट अग्रता लिएपनि एभरेष्टले दास्रो हाफको शुरुमै गोल खायो । त्रिवेणीका लागि दोस्रो हाफको १२ औं मिनेटमा जर्सी नम्वर १२ दिपन गुरुङले बराबरी गोल गरेका थिए । सेमीफाइनलमा प्रवशेसँगै त्रिवेणीले ५० हजार रुपैया पक्का गरेको छ । फाइनल प्रवेशका लागि उसले नखिपोट ललितपुर र राप्ती रिभर हेटौंविच भोली हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै शनिवारको दोस्रो खेलबाट बुद्ध युथ क्लव भोटेओडार सेमीफाइनल पुगेको छ । नेपाली सेनाको रणसिं दल गणलाई टाईब्रेकरमा ५(३ गोल अन्तरले हराउँदै भोटेओडारले सेमीफाइनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोल रहित बरा बरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको हो । रणसिंको एउटा प्रहार भोटेओडारका गोल रक्षकले उत्कृष्ट बचाऊ गर्दै आफ्नो टिमलाई जित दिलाएका हुन् । क्वाटरफाइनल अन्तर्गत आइतबार दुई खेल हुन्छन् । पहिलो खेल दिउँसो १ वजे आयोजक हरम टारी क्लव र मैदानकाली फूटवल क्लव सतिपिपलविच हुनेछ भने दोस्रो खेल दिउँसो ३ वजे नखिपोट ललितपुर र राप्ती रिभर हेटौंविच हुने आयोजक हरमटारी क्लवले जनाएको छ ।




