
गोर्खाली रनिङ कपमा त्रिवेणीको विजयी सुरुवात
गत वर्षको विजेता त्रिवेणी क्लव मुग्लिनले छैंटौं गोर्खाली रनिङ कप फुटवलमा विजयी सुरुवात गरेको छ । गोरखा सदरमुकाममा मंगलबारबाट शुरु भएको गोर्खाली कप फूटवलको उद्घाटन खेलमा श्रीजङ गण लमजुङलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै त्रिवेणी विजयी भएको हो । खेलको १४ औं मिनेटमा जर्सी नम्वर ११ का सतिशराज धामीको गोलमा अग्रता लिएको आर्मीले त्यसको १४ मिनेटपछि गोल खाएको थियो । त्रिवेणीका लागि २८ औं मिनेटमा जर्सी नम्वर १० का बिक्की राईले बराबरी गोल गरेका थिए । पहिलो हाफको बाँकी समय र दोस्रो हाफमा पनि दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । श्रीजङ गणको तीनवटा पेनाल्टीको त्रिवेणीका गोलरक्षकले बचाऊ गरेका थिए । र, उसले उद्घाटन खेल ४–२ गोल अन्तरले आफ्नो पक्षमा पार्दै विजयी सुरुवात ग¥यो । प्रतियोगिता अन्तर्गत भोली ३ खेल हुनेछन् । पहिलो खेल बिहान साढे ८ वजे रणसिं दल गण गोरखा र दौतरी क्लव चित्रेविच हुनेछ । दोस्रो खेल दिउँसो १ वजे आर आर एफसी हेटौंडा र द हिमालयन वगैंचा क्लव आरुघाट विच हुनेछ भने अन्तिम खेल अल स्टार क्लव आँबुखैरेनी र मैदानकाली युवा क्लव सतिपिपलविच हुने आयोजक हरमटारी क्लवका रञ्जित श्रेष्ठले बताए ।




