| आइतवार, कार्तिक २२, २०८३

फागुन १६ गतेदेखि दलभन्ज्याङमा दोस्रो फुटवल तथा सांस्कृतिक मेला हुने

गोरखा नगरपालिका ९ दलभन्ज्याङमा फागुन १६ गतेदेखि २० गतेसम्म दोस्रो फुटवल तथा सांस्कृतिक मेला हुने भएको छ । द ओसन क्लबको आयोजना तथा सिर्दी दलभन्ज्याङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति र सिर्जनशिल दलितगुठीको सह आयोजनामा कार्यक्रम हुन लागेको हो । गोरखा सदरमुकाममा विहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले भेट्रान्स र १३ बर्ष मुनिका खेलाडीको जमघट तथा युवा फुटवल प्रशिक्षण केन्द्र निर्माणका लागि रकम जुटाउने उदेश्यले कार्यक्रम गर्न लागेको जानकारी दिएको छ । मेलामा ३५ बर्ष माथिका गैह्रब्यवसायिक खेलाडी बिच चौथो भेट्रान्स कप र १३ बर्ष मुनिका खेलाडीबिच पाचौं ओसन कप फुटवल प्रतियोगिता हुनेछ । भेट्रान्समा पहिलो र दोस्रो हुने टिमलाई खसी पुरस्कार दिईनेछ । १३ बर्ष मुनिका खेलाडीबिच हुने प्रतियोगिताका विजेतालाई नगद ११ हजार एक सय ११ र उप विजेतालाई पाचँ हजार पाचँ सय ५५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिईनेछ । सोही अबसरमा राष्ट्रिय खेलाडी विकास मल्ललाई सम्मान गर्ने आयोजक क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए । यस्तै, ओसन क्लबबाट उत्कृष्ट फुटवल खेल्ने एकजनालाई ओसन बर्ष खेलाडी पुरस्कार, जिल्लाको फुटवल विकासमा योगदान पु¥याउने एक जनालाई लाइफ टाईम अचिभमेन्ट अर्वाड, १३ बर्ष मुनिको प्रतियोगितामा उत्कृष्ट खेल्नेलाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । मेलाकै अबसरमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, फोटो प्रदर्शनी, नगरस्तरीय अन्तरमावि लोकदोहोरी प्रतियोगिता, खेलकुद सामाग्री, खाना तथा कृषि सामाग्रीका स्टल रहनेछन् । ‘ऐतिहासीक गोरखा गोर्खालीको पहिचान, फुटवल विकास गराउने हाम्रो अभियान’ भन्ने नाराका साथ हुन लागेको मेला सम्पन्न गर्न १६ लाख १८ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विभिन्न संघसस्थांको सहयोगमा कार्यक्रम खर्च जुटाउने आयोजकको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्