
प्रथम अजिरकोट रनिङ कप भलिवल प्रतियोगिताको उपाधि बालुवा युवा क्लबले जित्यो
गोरखाको बालुवा बजारमा भएको प्रथम अजिरकोट रनिङ कप भलिवल प्रतियोगिताको उपाधि बालुवा युवा क्लबले जितेको छ। प्रतियोगितामा बारपाक युवा क्लब ए उपविजेता बनेको छ । १५ टिमको सहभागिता रहेको प्रतियोगितामा बारपाक युवा क्लब वि र कुसुण्डे निर्माण क्लब सान्त्वना भएका प्रतियोगिताका संयोजक प्रदिप घलेले जानकारी दिए । प्रतियोगिताको विजेता बालुवा क्लबले रनिङ शिल्डका साथमा नगद ६० हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता क्लबले नगद ४० हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना टिमलाई दश÷ दश हजार रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार दिईएको घलेले जानकारी दिए । अजिरकोट गाउँपालिका ४ बालुवा बजारको खेल मैदानमा अजिरकोट स्पोर्टस डेभपलपमेन्ट फाउण्डेसनको आयोजना तथा बालुवा युवा क्लब र मनास्लु महिला समुहको सह आयोजनामा प्रतियोगिता भएको हो ।




