| आइतवार, कार्तिक २२, २०८३

सिरानचोक ७ मा वडास्तरीय खेलकुद प्रतियोगिता

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ मा अन्तरप्रावि खेलकुद प्रतियोगिता भएको छ । श्रीनाथ आधारभुत विद्यालय परिसरमा भएको प्रतियोगितामा जनकल्याण माविले ३ स्वर्ण र एक कास्य पदक सहित प्रथम भएको स्थानिय विनोद पाण्डेले जानकारी दिए । श्रीनाथ आधारभुत विद्यालय दुई स्वर्ण र एक ÷एक रजत तथा कास्य पदक सहित दोस्रो र चन्द्रोदय मावि दुई रजत र एक कास्य पदक सहित तेस्रो भएको छ । प्रतियोगितामा बालज्योती प्राविले एक रजत र एक कास्य, सुर्यज्योती प्राविले एक कास्य र अर्कुल प्राविले एक रजत पदक प्राप्त गरेका छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई मेडल, प्रमाणपत्र तथा ट्रफि पुरस्कार दिईएको छ ।
प्रतियोगितामा वडाका ९ विद्यालय सहभागी थिए । वडा सदस्य एंवम् खेलकुद संयोजक राजेन्द्रबाबु ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष सुरज ढकालले गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगत वडास्तरीय प्रतियोगिता गरेको जानकारी दिए । विद्यालयस्तरमा खेलाडीको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि प्रतियोगिता जारी राखिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्