
वडा कप फुटबलमा हरमटारीको जित
दरौंदी : सदरहरमटारी टोेल विकास सँस्थाले वडा कप २०७५ जितेको छ । गोरखा नगरपालिका वडा नं ६ को आयोजनामा भएको छनौट खेलको शनिवार भएको फाईनलमा दरबारमार्ग टोल विकास सँस्थालाई २–० गोलले हराउदै हरमटारीले जितेको हो । गोरखा नगरपालिकाको आयोजना मा फागुनमा हुने मेयर कपको तयारीका लागि छनौट खेल गरिएको प्रतियोगिता का संयोजक एवं वडा सदस्य आनन्द गुरुङले बताए । हरमटारीस्थित खेल मैदानमा शुक्रबारदेखी शुरु भएको वडा कप प्रतियोगिता मा ६ नं वडाका ७ टिम सहभागी थिए ।




