| सोमवार, साउन २४, २०८३

कास्की अदालतका फरार अभियुक्त मुस्ताङका दाउद गोरखाबाट पक्राउ

कास्की जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोरखामा पक्राउ परेका छन् । कास्की अदालतबाट एक बर्षको कैद सजायँ फैसला भएका थासाङ गाउँपालिका वडा नं. ३ मुस्ताङका दाउद तामाङ आइतबार गोरखा नगरपालिका ११ बाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

गत असार २८ गतेको अदालतको आदेश अनुसार एक बर्ष कैद सजायँ तोकिई फरार रहेका तामाङलाई आइतबार गोरखा नगरपालिका वडा नं. ११ बाह्रकिलोबाट पक्राउ गरिएको प्रहरी निरीक्षक धिरेन्द्र यादवले जानकारी दिए । तामाङलाई आइतबार नै कास्की जिल्ला अदालत पठाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्