| शुक्रबार, अशोज १५, २०८३

आठ महिना ढिला गरी दुल्लभ माविको विव्यस गठन

करिव आठ महिनादेखि गठन हुन नसकेको भिमसेनथापा गाउँपालिका–१ घ्याम्पेशालस्थित दुल्लभ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । शुक्रवार रोशन गुरुङको संयोजकत्वमा नौ सदस्यीय नयाँ समिति गठन भएको हो । विद्यालयतको आन्तरिक खिचातानी र अनावश्यक हस्तक्षेपका कारण समिति गठनमा ढिलाइ भएको हो ।

समिति सदस्यहरुमा जितेन्द्र कुमार श्रेष्ठ, पदम बिक, शर्मिला श्रेष्ठ (गुरुङ), ममिता श्रेष्ठ र संगिता वगाले रहेका छन् । थप तीन सदस्य भने पछि मनोनित गरिने बताइएकोे छ । यसअघिको व्यवस्थापन समितिको म्याद गत चैत महिनामै सकिएको थियो । शिक्षा ऐन २०२८ (आठौं संशोधन) को सामुदायिक विद्यालयहरुमा व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी नियमावली अनुसार गत वर्षको चैतमा नै नयाँ समिति गठन गर्नु पर्ने थियो ।

तर, विद्यालयको आन्तरिक विवादका कारण समिति गठनमा ढिलाई भएको हो । पुरानै समितिले काम गरिरहदाँ धेरै समस्या हुने गरेको प्रधानाध्यापक मोहन सापकोटाले बताए । नयाँ समिति गठन भएपछि भने शिक्षक सरुवा तथा अन्य आन्तरिक व्यवस्थापनमा पनि सहज हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्