| शुक्रबार, अशोज १५, २०८३

लायन्स क्लव अफ गोरखाद्वारा बालमन्दिरका बालबालिकालाई खाद्य सामग्री प्रदान

लायन्स क्लव अफ गोरखाले सदरमुकामस्थित बालमन्दिर माविका बालबालिकालाई खाद्यान्न लगायतका सामग्री प्रदान गरेको छ । लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४५ औं स्मृति दिवसको अवसर पारेर गत शनिबार लायन्स क्लव अफ गोरखाले खाद्यान्न लगायतका सामग्री प्रदान गरेको हो ।

शुक्रबार बिहान एक कार्यक्रम आयोजना गरी लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्केले विद्यालयका प्रधानाध्यापक शिव थापालाई ती सहयोगी सामग्री हस्तान्तरण गरेका क्लवले जनाएको छ ।

क्लवले चामल, विस्कुट, नून, तेल, चिनीलगायतका खाद्यान्न सामग्री प्रदान गरेको जनाएको छ ।
अध्यक्ष मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका अध्यक्ष मास्के, क्लवका सचिव गोविन्द गुरुङ र विद्यालयका प्रधानाध्यापक शिव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्