| शुक्रबार, अशोज १५, २०८३

गोरखा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा सरस्वती माविका खत्री प्रथम

गोरखा नगरपालिका स्तरीय भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयका समिप खत्री प्रथम भएका छन् । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धी जिल्ला कार्यसमिति गोरखाले तमू ल्हेसारको पूर्व सान्ध्यमा आयोजना गरेको ‘संस्कार, सांस्कृतिमा भित्रिएको विकृति, नियन्त्रणमा हाम्रो जिम्मेवारी’ भन्ने विषयमा भएको खत्री प्रथम भएको सचिब मोहन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा द ओल्ड क्यापिटलकी प्रसिद्धिका अर्याल द्धितिय, लक्ष्मी सामुदायिक विद्यालयका समित रोका तृतीय भएका छन् ।

यस्तै महालक्ष्मी माध्यमिक विद्यालयकी आरती गुरुङ र नवज्योति माध्यमिक विद्यालयकी आयुष्मा रायमाझी सान्त्वना भएकी नेपाल (गुरुङ) तमू विद्यार्थी छोज धी जिल्ला कार्यसमितिले जनाएको छ ।

प्रतियोगितामा विजेताहरुलाई क्रमश ५ हजार, ३ हजार, २ हजार तथा १÷१ हजार रुपैयाँ तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपाल (गुरुङ) तमू विद्यार्थी छोँज धी जिल्ला अध्यक्ष मनोज गुरुङको अध्यक्षता तथा तमू ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषदका जिल्ला कार्य समितिका अध्यक्ष रामबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको सचिब गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्