| शुक्रबार, अशोज १५, २०८३

गोरखा क्याम्पसमा सुविधा सम्पन्न लाइब्रेरी भवन बन्दै

गोरखा सदरमुकाममा रहेको गोरखा क्याम्पसमा सुविधा सम्पन्न लाइबेरी भवन बन्ने भएको छ । क्याम्पसको तल्लोपट्टि रहेको खाली जग्गामा लाइब्रेरी भवन निर्माणाधीन अवस्था रहेको क्याम्पस प्रमुख नवराज पाण्डेले बताए ।

हाल लाइब्रेरी भवनको भुइँतलाको काम सकिएको छ । गतवर्ष प्रदेश सरकारबाट विनियोजन भएको ७६ लाखको बजेटबाट भवनका भुइँतलाको जग हालेर जग्गा सम्याउनुका साथै पिल्लर उठाउने काम भएको उनले जानकारी दिए ।

त्यस्तै, सो पुस्तकालयका लागि चालु वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कोषबाट दुई करोड रुपैयाँ बजेट विनियोजन भएको उनले बताए । सो बजेटबाट निर्मााणधीन भवनको दोस्रो चरणको काम सुरु हुनेछ । यसका लागि १५ दिने सूचना जारी भएको उनले जानकारी दिए । अघिल्लो वर्ष र यो वर्षको गरी करिब तीन करोडमा भवन बन्न लागेको उनको भनाइ छ । भवन दुई तल्लाको हुनेछ । भवनमा फराकिलो पुस्तकालय रहनेछ ।

लाइबेरी भवन २०७६ सालबाट निर्माणको काम सुरु भएको हो । भवन बनेपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई फराकिलो वातावरणमा पढ्न पाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्