
लेजामी दि लाप्राकद्वारा सात कन्या माविका विद्यार्थीलाई झोला वितरण
धार्चे गाउँपालिका ३ खोर्लामा रहेको सात कन्यादेवी माविमा अध्ययनरत बालबालिकाहरुलाई झोला वितरण गरिएको छ । लेजामी द लाप्राक संस्था मार्फत गणेशहिमाल एशोसिएसन नामक संस्थाले विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच एशोसिएशनका अध्यक्ष सुनार गुरुङले विद्यार्थीहरुलाई झोला वितरण गरेका विद्यालयका प्रधानाध्यापक सिता गुरुङले बताइन् ।
विद्यालयको इसिडीदेखि कक्षा १० सम्म अध्ययनरत दुईसय ६ जनालाई झोला वितरण गरिएको उनले बताइन् । विद्यार्थीहरु झोला पाउन निकै खुसी भएको उनले बताइन् । साथै झोला वितरणबाट विद्यार्थी र विद्यार्थीका अभिभावकलाई पनि धेरै राहत पुगेको उनले जानकारी दिइन् ।
कार्यक्रममा एशोसिएशनका अध्यक्ष सुनार गुरुङ, पुरबहादुर गुरुङ, जीतबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।




