
शैक्षिक गुणस्तर परिक्षणमा गोरखाका सय वटा विद्यालय समान्य, ८ वटा मध्यम
गोरखाका एक सय विद्यालय समान्यको सुचीमा परेका छन् भने आठ वटा विद्यालय मध्यम सुचीमा छन् । तीनवटा विद्यालय भने कमजोर देखिएको छ ।
सरकारले हरेक वर्ष शैक्षिक गुणस्तर परिक्षण गर्दै आएको छ । सो क्रममा गोरखा जिल्ला भित्रका विभिन्न स्थानीय तहका एक सय ११ वटा सामुदाविक विद्यालयको शैक्षिक गुणस्तर परिक्षण गरेकोे हो ।
परिक्षणको क्रममा ज्ञान ज्योति मावि लप्सीबोट, महालक्ष्मी मावि लक्ष्मी बजार, सरस्वती मावि आहाले, नवजागृती जण्डी मावि अश्राङ, जनशक्ति मावि बनेली डाँडा, परोपकार आदर्श मावि जौवारी, मण्डी मावि लाप्राक र महेन्द्रलिला मावि नयाँसाघु मध्यममा परेका हुन् । मध्यम परेका विद्यालयले ७० देखि ७९ सम्म अंक प्राप्त गरेका छन् ।
गोरखा नगरपालिका ३ घलाङमा रहेको राष्टिूय मावि, नेपाने मावि नेपाने र झिम्रिक महिपते मावि गरी तीन वटा विद्यालय कमजोर समूहमा परेका छन् । शैक्षिक गुणस्तर परिक्षणको क्रममा यि विद्यालयले ३३ देखि ३५ सम्मका अंक प्राप्त गरेका छन् । बाँकी एक सय विद्यालयले सामान्य वर्ग समूहमा परेको छ । यि विद्यालहरुले ४० देखि ६८ सम्म अकं प्राप्त गरेका छन् ।
देशभर शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको थियो । ति मध्ये सबैभन्दा बढी अङ्क कास्कीको बाटुले चौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले प्राप्त गरेको छ । यस विद्यालयले ९४.५९ अङ्क प्राप्त गरेको छ ।
भदौ २३ गते सार्वजनिक गरिएको प्रतिवेदनअनुसार भक्तपुर व्यासीको एभरेस्ट ई. स्कुल दोस्रो, कन्चनपुर रेश्मीटोलको भानु माध्यमिक विद्यालय तेस्रो, भक्तपुर दरबार स्क्वायरको पद्म मावि चौथो र काभ्रेको मंगलटारको मंगलजनविजय मावि पाँचौँ भएको छ । रुपन्देहीको कालिकानगरको कालिका मानव ज्ञान मावि छैटौँ स्थानमा रहेको छ । यी छ वटा विद्यालयको मात्र ९० अङ्क वा सोभन्दा माथि प्राप्त गरेका छन् ।
चार हजार ८६७ विद्यालयमध्ये सबैभन्दा कमजोर विराटनगरको बालसुधार गृह विद्यालय रहेको छ । त्यस विद्यालयले जम्मा १८.७८ अङ्क प्राप्त गरेको छ ।
गोरखाका कुन विद्यालयले कति अंक पाए हेनुहोस :






