| शुक्रबार, अशोज २२, २०८३

रत्नलक्ष्मी माविमा प्रधानाध्यापक हेरफेर गरिएकोप्रति शिक्षक संघको आपत्ति


गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माध्यमिक विद्यालयमा प्रधानाध्यापक परिवर्तन गरिएकोप्रति नेपाल शिक्षक संघ गोरखा नगरपालिकाको नगर समितिले विरोध जनाएको छ ।


यसअघिकी प्रधानाध्यापक साधना त्रिपाठीलाई हटाई विद्यालयकै कनिष्ट शिक्षक पूर्णकुमार श्रेष्ठलाई प्रधानाध्यापक बनाएको भन्दै संघको नगर समितिले विज्ञप्तिमार्फत विरोध गरेको हो ।


‘२०६८ माघ ३ गतेको सर्वोच्च अदालतको पैmसलाले निमित्त प्रधानाध्यापकको सम्वन्धमा विद्यालय व्यवस्थापन समितिको तजविजी अधिकार नभई वरिष्ठ शिक्षकले स्वतः ग्रहण गर्ने भन्ने व्यवस्था भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा नियमावली २०५९ संशोधनसहितको नियम ९३ उपनियम १० र १२ को प्रक्रियासमेत पूरा नगरी रत्न लक्ष्मी माध्यमिक विद्यालयको प्रधानाध्यापक साधना त्रिपाठीलाई गैह्रकानूनी ढंगवाट पदबाट हटाइ कनिष्ठ शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएकोमा नेपाल शिक्षक संघ गोरखा नगर कार्य समिति खेद प्रकट गर्दछ ।’

यस्ता गैह्र कानूनी कार्यहरु रोक्न संघको नगर कार्यसमितिले सम्बन्धित निकायमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्