
मल्ल प्रतिष्ठानद्वारा गोरखा र तनहुँका स्वास्थ्य संस्थाहरुलाई सामाग्री हस्तान्तरण
‘सेवा नै धर्म’ भन्ने भनाईबाट प्रेरित रामयुग मल्ल प्रतिष्ठानले गोरखा र तनहुँ जिल्लाका स्वास्थ्य संस्थाहरुलाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना महामारी न्यूनीकरण र रोकथामका लागी कोभिड बिरुद्ध हातेमालो अभियान सन्चालन गरिएको प्रतिष्ठानका महासचिव बिपिन मल्लले जानकारी दिए ।
अभियानका क्रममा प्रतिष्ठानले पालुङ्टार वडा–८ स्थित धुँवाकोट स्वास्थ्य चौकी, शहिदलखन २ र ३ स्थित मनकामना सामुदायिक स्वास्थ केन्द्र, र मनकामना स्वास्थ्य चौकी, सिलिङ र तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी स्वास्थ्य चौकीलाई सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कोभिड बिरुद्ध हातेमालो अभियान अन्तर्गत गोदरेज रेफ्रिजेरेटर ईलेक्ट्रिक सक्सन, अटोक्लेप, नेबुलाईजर मेसिन, ओ.टि.लाइट, हेल्थ डस्टविन, स्यानिटाईजर –१० लिटर, सर्जिकल मास्क एक हजार थान, ह्यान्ड ग्लोब्स भित्ते घडी हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका संस्थापक महासचिव एवं सल्लाहकार निजानन्द मल्ल, महासचिव बिपिन मल्ल, सल्लाहकार भगवान दास मल्ल लगाएतको उपस्थितीमा सबै स्वास्थ्य संस्थामा बिभिन्न खालका अत्यावश्यक सामग्री उपलब्ध गराइएको महासचिव बिपिन मल्लले बताए ।
सामग्री बितरण कार्यक्रममा संस्थापक महासचिव एवं सल्लाहकार निजानन्द मल्लले प्रतिष्ठानको तर्फबाट आफ्नो पुर्खौली थलोमा संस्थाको सेवानै धर्म हो भन्ने उदेश्यानुसार स्वास्थ्य सेवामासहयोग गर्न पाएकोमा खुसी व्याक्त गरे ।




