| आइतवार, कार्तिक २२, २०८३

गण्डकीमा थप १५ जना सङ्क्रमित


गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

 प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । 

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।थपिनेमा नवलपरासी ९बर्दाघाट सुस्तापूर्व० का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एकएक जना छन् । 

पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

प्रतिक्रिया दिनुहोस्