
पोखराका होटल तत्काल नखुल्ने
सरकारले बिहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेको र पाहुना आउजाउ हुने अवस्था नरहेकोले तत्काल होटल र रेस्टुरेन्ट खोल्न हतार हुने उनीहरूको भनाइ छ ।
सरकारले निकै कम समय दिएर अनुमति दिएकोले बिहीबारदेखि नै खोल्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । घर गएका कर्मचारी नफर्केकोले पनि तत्काल काममा फर्किन सहज नहुने उनीहरू बताउँछन् ।




