| मङ्लबार, साउन ११, २०८३

कोरोनाः हामी पिडित कि पिडक ?

बसन्त राई :

गत सनिवार विहानै एक जना हितैषी मित्रले फोनग¥योे अनि हालखवर आदान प्रदान गर्ने शिलशिलामा कोराना को सन्दर्भले प्रवेश पाईहाल्यो । उसले सुनाएको किस्सा वडो सोचनीय थियो । के गर्ने यार लाईफ ड्यामेज हुनलाग्यो, दिमागमा कोरोना भरिएको छ । विहान उठ्न साथ टेलिभिजन अन गर्नु पाको हुदैन तेही कोरोना, मोवाइल अनलक ग¥यो कोरोना, युटुव, फेसवुक, स्काईव, ट्वीटर, इन्स्टाग्राम, भाईवर, अनलाईन पोर्टल, रेडियो, इमेल, कलव्याक रिङ्ग टोन, एस.एम.एस., साथीभाईको म्यासेज, चियागफ, अफिसको गफ, पारिवारीक गफ…….

मलाई त यस्तो लाग्न थाल्यो कि कोरोना ले त के गर्ला र कोरोना बाट वच्ने उपाय को प्रचार र कोरोना सम्वन्धीको घट्ना समेटिएको खवर ले चाहीमलाई साईको वनाउने फिक्स हो । अनि एक्सर साईज गर न माईण्ड फ्रेस हुन्छ भनेर के भन्नपाको थिए एक्सरसाईज गर्दा त झन् सास वढ्छ अनित्यो सास वढ्नु भनेकोअक्सीजनको कमीले हुन्छ भनेर सुनेको थिए उल्टो कोरोना लाग्यो होला भनेर गिदी ह्याभ्स हुन्छ……….भनेर पुर्वेली लवज सहितधराने स्टायल मामलाई नाजवाफ वनायो ।

कोरोना भाईरस वाट वच्नको लागी सन्देश, कोरोनाको दर्दनाक घट्ना र दैनिक फैलावटको अवस्थासम्प्रेषणको लागीनिर्जीव वाहेक सवै माध्याम प्रयोगमा होलान तर उक्त सन्देश र माध्यामहरुले कति सजगता फैलाईरहेको छ र कतिभय फैलाईरहेको छ सो कुराको पनि लेखा जोखा गर्नु पर्ने देखिन्छ । सामान्य दैनिकी को २४ घण्टामा निदायको समयवाहेक वाँकी समयमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा कोरोना वाट वच्ने उपाय, कोरोना को अवस्था र पिडितको वेदना समेटिएको सन्दर्भ संग हरपल जोडिनु पर्दा साधारण मानिस लाई मानसिक रुपमा विचलन आउनु पक्कै पनि नौलो कुरा होइन । सुचनाजारी गरेर सजगता फैलाउनु आफैमा उत्तम हो तर दिमाग ले धान्न सक्ने भन्दा वढी नै देख्नु र सुन्नुपर्दा मनोविज्ञान मा आईपर्ने नैराश्यता र असरलाई पनि नजर अन्दाज गर्नु हुन्न ।
एक जना कोरोना विरामी वालिका सघन उपचार कक्षभित्र अक्सिजनको साहारा मा छट्पटि रहेको भिडियो खिचेर क्याप्सनमCOVID-19 को दोश्रो भेरियन्ट एकदमै खतरनाक छ यस लाई कम्जोर नठान्नु होलाभन्दै पोष्ट गरिएको भिडियो बाट सामान्यमानिस ले वुझ्ने भनेको कोरोना लागे पछिको हालत यस्तो हुने रहेछ भन्ने मात्रहो तर छट्पटि रहेको विरामी को आफन्तले भिडियो हेरेर कति पिडा महसुस गर्ला अनि कोरानालागेर होम आईसोलेशनमा वसेको विरामी ले त्यो भिडियो बाट के सन्देश लिने ?

सघन कक्षमा वालिकाको हेर्नै नसकिने छट्पटी, हस्पीटल वाहिर अक्सिजन को साहारामा वेड खालीहुने पालो पर्खाई मा वसेको विरामीको फोटो, पशुपतिमा लास जलाउने ठाउँ नभएर खुल्ला ठाउँमा लास जलाउदै भन्ने अन्लाइन पोर्टलको हेडलाइन, यी सबैबाट सम्प्रेषण गरिएका खबरले मान्छेलाई सजगता भन्दा भय िसर्जना गर्न भूमिका खेलेको कुरा जो कोहीले पनि सहजै अनुमान गर्न सक्छ ।
मेरो आफन्तको छोरा लक्का जवान शरीरमा केही रोग थिएन तर कोरोना लागेर फ्याट्ट वितेछ, कोरोना कतिनिर्दयी रहेछ मेरो अनन्यमित्रलाई प्रत्यक्ष भेट्न दिएन….सम्झनामा सिमित भयौ साथी….

तिम्रो स्वर्गमा वास होस भन्दै आकर्षक तस्विर सहित फेसवुक मापोष्ट हुने स्टाटस, एक हप्ता अगाडी मात्र विवाह गरेको वेहुली लाई मण्डप मा कोरोना लागेर उपचारको क्रममा मृत्यु भए पछि साथीभाई ले लेख्ने स्टाटसः के गर्ने साथी सुखद दाम्पत्य जिवनको खुशियाली तिम्रो कर्ममा लेखेको थिएन छ ……

यस प्रकारको स्टाटस ले भरिने सामाजिक सञ्जाल बाट कोहीपनि टाढा छैनौ तर एवं प्रकारको कन्टेन्ट अपलोड गर्नु अगाडी लक्का जवानको परिवार, भर्खरै २५ जना जन्ती लिएरविवाह वन्धनमा वाँधिएक ाजोडीको आफन्त लगायत आम मानिस मा कस्तो असर पर्ला अनि यस प्रकारको कन्टेन्टले खडा गर्ने प्रश्न भनेको हामी कोरोना को पिडित कि पिडक ? हाल सामाजिक सञ्जाल र विद्युतीय माध्याम बाट प्रशारण हुने सामग्रीहरुको मुलउ देश्य भनेको सवै तहको मानिस मा सुरक्षाको मापडण्ड सम्वन्धी जनचेतना फैलियोस र कोरोना बाट कसैले जन–धन गुमाउन नपरोस भन्ने नै हो ।

जनचेतना फैलाउनको लागी सरकारी, गरै सरकारी, निजी र अन्तराष्ट्रिय निकायहरु विभिन्न तह र तप्कामा भुमिका खेलिरहेकै छन् । जनचेतना र सहकार्य मानागरिक उत्तरदायित्व लाई खोट लाउने ठाँऊ देखिन्न तथापी कतै सुचनाको प्रकृति र मात्रा आवश्यकता भन्दा वढी त भईरहेको छैन ? कतै सुचनाको प्रकृति र मात्रा को कारणले जन मानसले मनोवैज्ञानिक समस्यात झेल्नु परेको छैन ? गुण–अवगुण प्रणाली बाट समिक्षा गर्नु पर्छ किनकी आम मानिस ले एक ग्लास पानीखाँदा घाटीमा सड्केर दूई पटक खोकीलाग्दा उसको दिमागले पहिला सोच्ने भनेको खोकी त कोरोना को सिम्ट्रम पो हो त है…….
अहिलेको अवस्थामा हामी सवै पिडित नै हौ किनकी कोभिड–१९ बाट प्रत्यक्ष र अप्रत्क्ष रुपमा असर सवैले भोगिरहेको छौ । पढाई मा ढिलाई, व्यावसायमा नोक्सानी, विकासको काममा विलम्व, नोकरी गुमाउनु, योजना विफल आदि सामान्य असरहरुहो तर जसले अमुल्य जिवन गुमाएको छ, परिवारको सदस्य गुमाएको छ उनिहरुलाई सदभाव र सहानुभुती दिनु पर्ने कर्तव्य बाट टाढा हुदै विभिन्न माध्याम बाट पिडा माथी थप पिडा दिनु मा पनि हामी सवैको संलग्नता देखिन्छ किनकी कमेन्ट, लाइक, भ्यु, र सेयर आदिलाई प्राथमिकता मा राखेर पिडितको पिडा माथी खेलवाड गर्ने पिडक हामी नै हौ जुन कुरामा सच्चिने प्रण गर्नै पर्छ ।

कोभिड–१९ को सामना गर्नु पहिलो प्राथमिकता हो यसमा दुइ मत छैन यसको अलावा कोभिड–१९ प्रतिकार्य योजनावन्दै गर्ला जुनआफ्नो ठाउमा छ तर त्यो भन्दा अगाडी तत्काल जिम्मेवार निकाय ले सोच्नु पर्ने तीन वटा मुख्य पाटोहरु

(१)आम विद्यार्थी लेझेल्नुु परेको अन्यौलता बाट सृजना हुने मनोवैज्ञानिक समस्याको समाधान

(२)अनाधिकृत र अग्राह्य सूचना सम्प्रेषणको शैलीमा सावधानी, सजकता र नियमनर

३) प्रत्यक्ष पिडिक परिवारको लागी सानत्वना र राहत सहित मनोपरामर्शको व्यवस्था ।

जिम्मेवार निकायको अलावाहामी सबै नागरिकले एक अर्का प्रति मित्रवत सम्बन्ध र सदभावको भावना सहितआ–आफ्नो ठाउँबाट सहकार्य गरी महामारीलाई पैmलन नदिन कटिबद्ध र प्रतिबद्ध हुने प्रणसाथ हातेमालो गर्न चाहिँनबिर्साैं ।

प्रतिक्रिया दिनुहोस्