| सोमवार, साउन ३, २०८३

एनपिआई अस्पताल र दिदीबहिनी सञ्जाल बीच स्वास्थ्य सम्झौता

गोरखाको एनपिआई अस्पताल र दिदीबहिनी सञ्जाल बीच स्वास्थ्य सम्झैँता भएको छ । शनिबार सञ्जालमा आबद्ध सदस्यहरुलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने गरी सम्झैँता भएको अस्पतालका मेडिकल डाइरेक्टर संगमबाबु श्रेष्ठले बताए ।

श्रेष्ठ र दिदीबहिनी सञ्जालकी अध्यक्ष बिना श्रेष्ठले हस्ताक्षर गरेको उक्त सम्झैँता पत्रमा सञ्जालमा आवद्ध महिला दिदीबहिनीहरुलाई अस्पतालको सेवा सुविधामा विषेश छुट हुने उल्लेख गरिएको छ । सञ्जालमा आवद्ध २५० भन्दा बढी महिलाहरुले अस्पतालले प्रवाह गर्ने सेवा सुविधामा विषेश छुट पाउने बताइएको छ ।

समुदायका महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य सहित स्वास्थ्य सम्झैँता भएको एनपिआई गोरखा हस्पिटलका मेडिकल डाइरेक्टर श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्