| सोमवार, कार्तिक २३, २०८३

कविता

मोदनाथ मरहट्टा :

 

न फुल्छ बारिमा तोरि
न बग्छ पानी खेतमा
आमाको गहमा आँसु
छोरो भेटिन्छ नेटमा
बाँझिए गाउँको माटो
वैलाए पानीक दह
सक्छ खोइ कसले पुछ्न
बाबाको मनको बह
हामीले देख्नु पर्ने भो
हामी नै गाउनु किन
नारा सम्बृध्दिको घोकी
कहिले आउने दिन
किन बन्दैन त्यो खाका
जो जे बर्को ओढे पनि
पुरानो जिमिदारले
आफ्नो धर्ती छोडे पनि
फर्क ओ परदेशिया
आउ खुर्पा समाउन
धारा रगतको पोखौँ
आफ्नै धर्ती जमाउन

प्रतिक्रिया दिनुहोस्