
रक्तिम बने ‘गोरखा सिङ्गिङ आइडल सिजन १’ को बिजेता
रक्तिम थापा मगर ‘गोरखा सिङ्गिङ आइडल सिजन १’ को बिजेता बनेका छन् । वुधवार भएको फिनालेमा उनी बिजेता घोषित भएका हुन् । प्रि–अडिसन तथा डिजिटल अडिसनबाट छनोट भएका ७१ जनालाई पछि पार्दै उनी बिजेता बनेको आयोजक दारी ग्याङ गोरखाले जनाएको छ ।
बिजेता मगरले ५० हजार नगद पुरस्कारको साथमा ट्रफि र प्रमाणपत्रको साथमा गिफ्ट ह्याम्पर पाएका छन् । गोरखा नगरपालिका–१० बिरेन्चोक निवासी उनले स्टुडियोमा गीतको निशुल्क अडियो रेकर्ड समेत गर्न पाउने बताइएको छ । प्रतियोगिताको फस्ट रनर अप आरुघाटका प्रकाश सुनार बनेका छन् भने घ्याम्पेशालका सौगात गुरुङ सेकेण्ड रनर अप बनेका छन् ।
उनीहरुले क्रमश २५ हजार १५ हजार नगद पुरस्कारको साथमा ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर पाएका छन् ।कार्यक्रम संयोजक समिर श्रेष्ठका अनुसार गोरखाका यूसुफ अन्सारी प्रतियोगिताको ‘टप फोर’ बनेका छन् भने एलिसा पुलामी मगर ‘टफ फाइभ’ बनेकी छन् । उनीहरुले ट्रफीको साथमा प्रमाणपत्र र गिफ्ट ह्याम्परहरु पाएका छन् ।
प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, पालुङटार नगरपालिका मेयर विवश चिन्तन, गोनपा उपमेयर मसलीमाया थोकर, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ लगायतको उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।




