
गायक अनिषलाई गलफ्रेण्डका बाउले तोरी फुल देखाएर हैरान (भिडियो सहित)
दरौदी ः नेपाली लोक तथा दोहोरी गितको क्षेत्रमा पछिल्लो समय उदयमान नाम हो अनिश दवाडी । लम्जुङको विचौरमा जन्मेका दवाडीको केही दिन अघि मात्रै एउटा कमेडी बजारमा आएको छ ।
लोक तथा दोहोरी गायक तथा शब्द सर्जक अनिश दवाडी र दिपिका गुरुङ को संयुक्त कमेडी गित तोरिको फुल सार्बजानिक भएको हो ।
चर्चित गायक तथा सङ्गितकार खेम सेन्चुरिको उत्कृष्ट सङ्गित तथा खेम खड्कथोकी को उत्कृष्ट शब्द मा रहेको उत्त गीति एल्बममा गायक अनिश दवाडी तथा दिपिका गुरुङ को उत्कृष्ट आवाजलाई सुन्न सकिन्छ । खेम सेन्चुरी,लिजा तामाङ तथा कमेडियन पुरोशत्तम भण्डारी (पुर्खे बा)को उत्कृष्ट अभिनय रहेको छ । उक्त गितको भिडियो भने निर्देशन कपिल लामाको रहेको छ । सम्पादन सुजन शाहि र छायांकन सुरेश श्रेष्ठले गरेका छन् ।
खेम सेन्चुरी प्रेजेन्ट्स द्वारा उत्पादित युटुब तथा बजार ब्यब्स्थापन गरियको खेम सेन्चुरी प्रेजेन्ट्स का प्रबन्ध निर्देशक सेन्चुरी भन्छन यो मेरो अभिनयको क्षेत्रमै पहिलो कमेडी र फरक खालको अभिनय हो ।




