
तेस्रो रैथाने खाना तथा सडक महोत्सव सकियो
तेस्रो रैथाने खाना तथा सडक महोत्सव सम्पन्न भएको छ । गोरखा होटल संघको आयोजनामा सदरमुकामको रानीपोखरी परिसरमा भएको महोत्सव मंगलवार सम्पन्न भएको हो । सोमवारबाट महोत्सव सुरु भएको थियो ।
महोत्सवको दोस्रो दिन खुल्ला नृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजार पहिलो भएको छ । कृतिका एण्ड डान्स नृत्य समूह दोस्रो र सायरा रोका तेस्रो भएको आयोजक क्लबले जनाएको छ । उनीहरुले क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र पाएका छन् ।
महोत्सवमा हरेराम परियार, सुवास रेग्मी, चिजा तामाङ लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेको संघका महासचिव सुमन श्रेष्ठले बताए । रैथाने खाना प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गरिएको उनले जानकारी दिए । नयाँ बर्षको अवसर पारेर बिगत दुई बर्षदेखि संघले महोत्सव गर्दै आएको छ । महोत्सव अवधिभर विपिचोकदेखि ठुलोआँगनसम्म रैथाने खानाका स्टलहरु राखिएका थिए ।
महोत्सवको एक कार्यक्रमका बीच समापन गरिएको छ । नेपाल पर्यटन बोर्ड पोखराका कार्यालय प्रमुख मनिराज लामिछानेको प्रमुख अतिथ्यतामा समापन कार्यक्रम भएको हो ।




