
गोरखाली गायक विष्णु खतिवडाले गित मार्फत भने ‘बलत्कारीलाई फाँसी दिने बनाउ संविधान’ (भिडियो सहित)
दरौँदी ः कन्चनपुरकी बलत्कृत वालिका निर्मला पन्तको घटनालाई आधार बनाई गित बनाइएको छ । गोरखाली गायक विष्णु खतिवडाले बत्कार गर्नेलाई फाँसी दिने संविधान बनाउन गित मार्फत सरकारलाई आग्रह गरेका छन् । उनले स्वर्गजस्तो नेपालमा बोक्सी बलत्कार लगायतको अनैतिक क्रियाकलाप दिनदिनै बढेको भन्दै गित मार्फत चिन्दा ब्यक्त गरेका छन् ।
सङ्गीत,स्वर र अभिनय समेत आफैँ गरेका विष्णु खतिवडालाई ममता राईले अभिनयमा साथ दिएकी छन् । फ्लोरिना म्यूजिक प्राली मार्फत बजारमा आएको उक्त गितको भिडियो निर्देशन दिपसागरले थापाले गरेका हुन् ।




