| आइतवार, बैशाख १४, २०८२

गुल्मीमा हावाहुरीसहितको वर्षा, महोत्सवमा पुगेका मन्त्रीको विजोग

शुक्रबार धुमधामसँग प्रभातफेरी सम्पन्न भएर मञ्चमा हजारौंको सहभागिता बढ्दै थियो । मौसम पनि सफा नै थियो । शुक्रबार एक बजे  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गुल्मी महोत्सव उद्घाटन गर्ने कार्यक्रम थियो ।  बृहद् प्रतिक्षामा थिए, आयोजक र दर्शक ।

करिब २ बजेतिर मन्त्री ज्ञवालीको प्रवेश भयो । तर, उनी प्रवेशसँगै हावाहुरीसहितको वर्ष सुरु हुन थाल्यो । हुरीसहितको वर्षले दर्शकदीर्घ सबै भत्काई दियो ।  बेहुली झै चिटिक्क सिंगारिएको मञ्च एकाएक कुरुप बन्यो  । ओत लाग्नका लागि मन्त्री ज्ञवालीलाई समेत मञ्च पछाडी रहेको महेन्द्र माबिको कक्षा कोठाभित्र पुर्याइयो  ।

टेण्डहरु ढलेर यत्रतत्र थिए । कुर्सीहरुको हालत पनि त्यस्तै थियो  ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले पानी परेसँगै महोत्सव उद्घाटन  शनिबार बिहान ११ वजेका लागि सारिएको बताए ।

प्रतिक्रिया दिनुहोस्