| शनिबार, भदौ ७, २०७६

चण्डिपूर्णिमाको अवसरमा भुम्लिचोकमा कौर्हा नचाईने

गोरखाको गण्डकी गाउँपालिका भुम्लिचोकको भुम्लिचोक युवा क्लबले वृहत कौर्हा नाच–गानको आयोजना गर्ने भएको छ । वैशाखको १७ र १८ गत्ते वुद्ध जयन्तिको अवसरमा उक्त कार्यक्रम गर्न लागेको क्लबको अध्यक्ष अमर थापा मगरले गतिशील खबरलाई बताए । त्यस्तै उक्त कार्यक्रमका संयोजक बिक्रम गुरुङले कला संस्कृति जर्गेना गर्न र संस्कृतिलाई जिवित राख्दै अर्काे पुस्तामा हस्तान्तरण गर्नको लागि उक्त कार्यक्रम गर्न लागेको बताए ।
भुम्लिचोकलाई पर्यटन, कृषी र संस्कृतिको धनि स्थलको रुपमा हेरिन्छ । विशेष गरि जनजातिहरुको वहुल्यता रहेको उक्त स्थानमा गुरुङ, मगर, नेवार र चेपाङ जातिको वाहुल्यता रहेको छ । भुम्लिचोक युवा क्लबले विविध कार्यक्रमहरु गर्दै आएको छ । उक्त कार्यको लागि भुम्लिचोक पर्यटन विकास समितिको सह–कार्य रहेको छ । भुम्लिचोक पर्यटन विकास समितिका अध्यक्ष जापान गुरुङका अनुसार संस्कृति र पर्यटन नितान्तै सम्बन्धित कुरा भएकाले उक्त कार्यक्रमले भुम्लिचोककोे पर्यटन विकाशमा विशेष टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्