| शनिबार, बैशाख ८, २०८१

गोरखाको दुर्गमको कलाकारले काठमाडौँमा देखाए संस्कृती !

दरौँदी ः हिमालपारिको चुमनुब्री गाउँ पालिका र हिमाल वारिको दुर्गम धार्चे गाउँपालिकाका कलाकारहरुले एउटै मञ्चबाट आ–आफ्ना सास्कृतिक प्रस्तुती प्रदर्शन गरेका छन् ।
शनिबार राजधानीमा उत्तरी गोरखाका गायन क्षेत्रका, अभिनय क्षेत्र र मोडलिङ क्षेत्रका कलाकारले बिबिध सांस्कृतिक प्रस्तुती गरेका हुन् । सामाखुशीको रानीदेवी पार्टी प्यालेसमा भएको कार्यक्रममा काठमाडौंमा बस्ने उत्तरी गोरखाका बासिन्दाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हिमालपारिको स्याप्रु, धार्चे क्षेत्रमा प्रचलित बिभिन्न सांस्कृतिक प्रस्तुती प्रदर्शन गरिएको चुमनुब्री घर भएका कलाकार बीरबल घलेले जानकारी दिए । कार्यक्रममा कलाकारहरु आँशु लामा, आरके गुरुङ, सुनिला गुरुङ, चिजा तामाङ, पेमाडुण्डुप लामा, बीरबल घले, आइतराम गुरुङ, बबिता गुरुङ, बुध गुरुङ, भिक्षु मिङमार छिरिङले बिभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

भौतिक पूर्वाधार, शिक्षा, जनचेतना लगायतका सबैकुराबाट पछाडि परेका समुदायलाई गीत संगीतबाट जागरण ल्याउन त्यस खालको कार्यक्रम गरिएको उत्तरी गोरखा सांस्कृतिक तथा कलाकार समाजका अधयक्ष वीरबल घलेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय स्तरमा पहिचान बनाएका कलाकारहरु राजु परियार, हिमाल घले, बिरु लामा, गीता पाइजा मगर लगायतको प्रस्तुती पनि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्