
गोरखा बुङ्गकोट मास्कीछापबासीको कौराहा गीत “गोर्खा बजार” सार्बजनिक
गोरखा बुङ्गकोट मास्कीछाप बासीले मौलिक कौराहा गीत “गोर्खा बजार” बजारमा ल्याएका छन् । यस गीतमा राजन थापा मगरको लय शब्द रहेको छ भने डी बी गुरुङ, प्रितम गुरुङ, रोशन राना मगर, प्रेमा राना मगर, सम्झना गुरुङ र राजन थापा मगर स्वयमले सुमधुर स्वर दिएका छन् । चर्चित कोरियोग्राफर/निर्देशक चित्र मास्की मगरको निर्देशनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई शम्भु चालिसेको छायाँकन गरेका छन् । उक्त म्युजिक भिडियोमा अमिशा राना मगर, सौगात थापा मगर र अन्य कलाकारहरुको जोडदार अभिनय पनि रहेको छ ।
यस म्युजिक भिडियो मार्फत गोर्खाको मकैपुरा, मास्कीछाप र विभिन्न रमणीय स्थानहरुको पनि परिचय दिन खोजिएको छ । मगर्स क्रियशन कम्पनीले आफ्नो नाइस टेलिभिजनको युट्युब च्यानल मार्फत यस गीतलाई बजारमा सार्बजनिक गरेको छ




