| शुक्रबार, अशोज १५, २०८३

बिभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीहरु चरणवद्ध आन्दोलनमा उत्रिए

बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले शनिवार जिल्ला भेला गरेका छन् ।
भेलाले सिरानचोक गाउँपालिकाका इन्जिनियर सुदिप बरालको संयोजकत्वमा जिल्ला स्तरीय स्थानीय तह कर्मचारी अधिकार संघर्ष समिति गठन गरेको छ ।

समितिको सह–संयोजकमा बद्री प्रसाद सुवेदी, सचिवमा सानुकाजी बस्नेत, कोषाध्यक्षमा मिनकुमार महत र अन्य सदस्यहरु रहेका छन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आज आइतवार सिडिओ मार्फत प्रधानमन्त्रीलाई माग पत्र बुझाउने बताएका छन् ।

माग सम्बोधन नभएसम्म हातमा कालो पट्टी बाँधेर आधा दिन पेन डाउन गर्ने बताइएको छ । असोज १४ गतेदेखि सशक्त रुपमा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गर्नुपर्ने, संघ÷प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेको स्थायी कर्मचारीहरुलाई निजामतीको परिभाषा भित्र समेट्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागू हुनुपर्ने लगायतका माग उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्