| शुक्रबार, अशोज २२, २०८३

जन्म महिनाको अवसरमा बालमन्दिरका अनाथलाई सहयोग


लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखाले सदरमुकामस्थित बालमन्दिर माबि छहरेमा अध्ययरत २४ जना अनाथ विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।


लियो जिल्ला परिषद् ३२५ जे नेपालका लियो क्लव चियर पर्सन लायन रामराजा थापाको जन्म महिनाको अवसरमा लायन लियो डे मनाउने उद्देश्यले भएको लायन्स लियोको संयुक्त कार्यक्रममा अध्यक्षता लियो क्लव अफ गोरखाका अध्यक्ष लियो बालकृष्ण परियार, प्रमुख आतिथि लायन्स क्लव अफ गोरखाका पूर्व अध्यक्ष तथा लियो एड्भाईजर लायन श्यामबाबु श्रेष्ठ, बिशेष आतिथि बालमन्दिर माबिका प्रधानाध्यापक शिव थापा, कार्यक्रम संयोजक तथा शिक्षा संयोजक लियो रचना बसेल, लियो क्लव अफ गोरखाका बिभिन्न पदाधिकारीहरु र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


शैक्षिक क्षेत्रमा यथासक्य टेवा पु¥याउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएका क्लवका अध्यक्ष परियारले जानकारी दिए । कार्यक्रममा प्रधानाध्यापक शिव थापा, प्रमुख अतिथि श्यामबाबु श्रेष्ठले मन्तव्य व्यक्त गरेका सचिव मिलन उपरकोटीले जानकारी दिए । यस्ता कार्यक्रम बिगतबर्ष जस्तै आगामि दिनहरुमा पनि गरिने शिक्षा संयोजक रचना बसेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्