
अनेरास्ववियू गोरखाद्वारा हाँजिर जवाफ प्रतियोगिता सञ्चालन
नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले हाँजिर जवाफ प्रतियोगिता संचालन गरेको छ ।
बिभिन्न १० विद्यालय सहभागी प्रतियोगितामा गोरखा बोर्डिङ स्कुलका विद्यार्थी पहिलो भए भने सन्त जोसेफ दोस्रो र द ओल्ड क्यापिल मावि रानीबन तेस्रोभयो । उनीहरुले क्रमश सात हजार, तीन हजार पाँच सय र दुई हजार नगद पुरस्कारको साथ प्रमाण पत्र पाएको अनेरास्ववियूका जिल्ला अध्यक्ष सचिन भट्टराईले बताए ।
अनेरास्ववियूका केन्द्रिय उपाध्यक्ष केसरी रेग्मीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एस गोरखाका अध्यक्ष यादब बस्नेत, अनेरास्ववियूका प्रदेश ४ का अध्यक्ष ठाकुर पराजुली, केन्द्रिय उपमहासचिव राजन पराजुली, केन्द्रिय सचिव प्रकाश श्रेष्ठ, अनेरास्ववियू स्थायी कमिटि सदस्य सन्तोष न्यौपाने लगायत कार्यक्रम सहभागी थिए ।




